दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार…