ललितपुर । भारतीय राजनीतिका जानकारहरुले हालै सम्पन्न भारतीय निर्वाचनले अतिवाद र घृणाको राजनीतिलाई परास्त गरेको विश्लेषण गरेका छन् । भारतीय निर्वाचनको प्रभावका सन्दर्भमा आधारित रहेर पाटनढोकास्थित यलमाया केन्द्रमा आज आयोजित अन्तरक्रियामा सहभागी विज्ञ, भारतीय राजनीतिका जानकार, कूटनीतिज्ञले निर्वाचनबाट भारतमा घृणाको राजनीतिले प्रशय पाउनुहुँदैन भन्ने मान्यता स्थापित भएको बताए । उनीहरुले निर्वाचनको परिणामले सत्तापक्षभित्रै पनि प्रतिपक्षको…