जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको नियुक्तिका लागि दाबि पेश भए अनुसार सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र,…