७ आश्विन २०८३, बुधबार | September 23, 2026

सार्वजनिक सवारी साधनमा अनलाईन टिकटको ब्यवस्था गर्न यातायात ब्यवसायीलाई सरकारको निर्देशन



काठमाडौं । यात्रुबाहक सवारी साधनले बिना टिकट सवारी बोक्दा दुर्घटनाका बेला मृतकको यकिन हुन नसकेपछि सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनिवार्य टिकट काटेर मात्र यात्रु बोक्न निर्देशन गरेको छ । सरकारले त्यस्ता यात्रुबाहक टिकटलाई अनलाइनमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत यातायात ब्यवसायीहरुलाई १२ बुँदे निर्देशन दिएको हो । अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन नसकेपछि गृहले कडाई गरेको बताइएको छ ।

यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयले घटना अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदनले पनि सिमलताल घटनाको मृतकको संख्या बारे यकिन गर्न सकेको छैन । प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई