काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजो (शनिबार)देखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा पार्टी अध्यक्ष…