काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताएकी छिन । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५ औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उनले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित भएको बताइन । नेपालमा…