काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । पूर्व अर्थसचिव राया हाल तथ्यांक कार्यालयको प्रमुख हुन् । यसअघि टंकमणि शर्मा महालेखा परीक्षक थिए । उनी गत जेठ ८ गते सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।…