बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका-११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् । निजगढ नगरपालिका-११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् । बाघको आक्रमणबाट जंगलमा लडेकी…