२७ बैशाख २०८३, आइतबार | May 10, 2026

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने



काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही एक-दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले काठमाडौं उपत्यकाको तापक्रम २०.२ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : ०८ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली