बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको 'एक्स्ट्राटेक ओभल' क्रिकेट मैदानको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मैदानको उद्घाटन गरेका हुन् । गैरआवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । तिलोत्तमा नगरपालिका-१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको…