काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई 'मिसन- ८४' नआउने बताएका छन् । शनिबार काठमाडौंको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् । सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर…