काठमाडौं । नेपालले क्यानडाविरुद्धको अन्तिम खेल पनि आफ्नो पक्षमा पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालका ब्याट्सम्यान अनिल शाह र भीम सार्कीको शतकसँगै नेपाल क्यानडाविरुद्ध ९ विकेटले विजयी भएको छ । नेपालले टस जितेपछि क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका बलरहरुले उत्कष्ट प्रदर्शन गर्दै क्यानडालाई २३२ रनमा समेट्न सफल भए…