२० मंसिर २०८२, शनिबार | December 6, 2025

पन्चालको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । ओपनर प्रियांक पन्चालको अर्धशतकले प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १६१ रनको चुनौती प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन जोड्यो । कर्णालीका ओपनर पन्चालले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६३…