काठमाडौं । लेखन सामग्रीका रुपमा रहेका प्राचीन अभिलेखलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय अभिलेखालयले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लेखन सामग्री एवं अभिलेखका प्रकार’ विषयक अन्तरक्रिया कार्यक्रममा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले चट्टानअभिलेख, गुहअभिलेख, शिलालेख, शिलास्तम्भलेख, मूर्तिलेख, ढुङ्गेधारालेख, जलद्रोणीलेख, जलहरीलेखजस्ता प्राचीन सामग्रीलाई सुरक्षित राखिनुपर्ने बताए। समयक्रममा यस्ता सामग्री नाश हुन सक्ने, बिग्रन सक्ने भएकाले यिनको…