१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आज समापन हुँदै, स्वदेशी उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि

बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आज औपचारिक रूपमा समापन हुँदैछ । पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालको उद्घाटनसँगै सुरु भएको प्रदर्शनीको समापन समारोह आज दिउँसो साढे १ बजे हुने भएको हो । समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले…