काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले न्यायालयमा भइरहेको राजनीतिकरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाका पूर्व सदस्य अशोकनाथ तिवारीद्वारा ऐतिहासिक एवं सामसामयिक विषयवस्तुमा लेखिएका पाँचवटा कृतिहरु विमोचन कार्यक्रममा बोल्दै संवैधानिक कानूनका ज्ञाता एवं सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयका पछिल्ला घटनाहरुले अदालतमा अझ धेरै राजनीतक र आर्थिक प्रभाव बढ्दै गरेको देखिएको बताए ।गैरकानूनी…