२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

अँगेनोको आगोले घर खरानी



मलेखु । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। “दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भने “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।”

करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ०३ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव