काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् । २२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि…