काठमाडौं । हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी…