काठमाडौं । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गानाले गरेका…