२४ माघ २०८२, शनिबार | February 8, 2026

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

काठमाडौं । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ । सरकार र नेपाल शिक्षक महासंघ आबद्ध विभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हुन । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।