२३ माघ २०८२, शुक्रबार | February 6, 2026

काहुँखोला-सिक्लेस खडक एकसातादेखि अवरुद्ध

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका-६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला-सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । मादी-६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररुपमा पानी परिरहेकाले…