काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापा सुन अनुसन्धानको मुख्य अधिकृत तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यो अनुसन्धान सीआईबीको पोल्टामा आएको हो…