२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

म्याग्दी विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका-२ बाबियाचौर र मालिका गाउँपालिका-७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी…