१९ माघ २०८२, सोमबार | February 2, 2026

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन

भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको…