७ आश्विन २०८३, बुधबार | September 23, 2026

सोसल मिडियाको लोकप्रियतालाई राजनीतिक लोकप्रियता भन्नु इमोसनल ब्ल्याकमेलिङ : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरेका छन् । पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन नसक्ने दाबी गरे । सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता नभएको उनले बताए ।

महासचिव पोखरेलले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको दृष्टान्त प्रस्तुत गर्दै तर उनले एक कार्यकालमै अनुभूति गरेर बच्चन त्यसबाट फर्किएर आज पनि भारतीय सिने जगतका प्रतिष्ठित कलाकारका रुपमा सम्मानित भएको बताए । ‘कुनै व्यक्ति कुनै क्षेत्रमा लोकप्रिय भयो भने सबै क्षेत्रमा लोकप्रिय हुन्छ भन्ने कुरा सत्य होइन । हरेकले आफ्नो कामको क्षेत्रभित्र विज्ञता हासिल गर्ने कोसिस गर्नुपर्छ ।’ उनले भने, ‘एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

‘एउटा समयमा नेपाललाई विवेकशील साझाका नाममा प्रयोगशाला बनाइयो । जनताले केही समय नजिकबाट यिनीहरुले पो गर्छन् कि भनेर हेरे त्यसपछाडि होइन रहेछ भन्ने परेपछि फेरि अर्को प्रयोगशालाका रुपमा स्वतन्त्रलाई अगाडि सारियो’ उनले भने, ‘स्वतन्त्रहरुको असंगठित शक्तिले कसरी राजनीतिक नेतृत्व गर्न सक्छ भन्ने प्रश्न खडा भएपछि स्वतन्त्रका नाममा पार्टी बनाइयो । जुन पार्टीको न सिद्धान्त छ, न उद्देश्य छ न लक्ष्य छ न गन्तव्य छ ।’

उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा (एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।

उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको भनाइ पनि राखे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ११ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज