५ मंसिर २०८३, शनिबार | November 21, 2026

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी-जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ । कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा…