काठमाडौं । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई “बिजनेश” दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन । मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन । अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह…