सुर्खेत । यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ । महिनावारी व्यवस्थापन सम्वन्धी विविध विषयमा जानकारी दिने उद्धेश्यले उक्त मेलाको आयोजना गरिएको हो । कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो…