१६ बैशाख २०८१, आइतबार | April 29, 2024

सुर्खेतमा आज छाउपडी मेला



सुर्खेत । यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ । महिनावारी व्यवस्थापन सम्वन्धी विविध विषयमा जानकारी दिने उद्धेश्यले उक्त मेलाको आयोजना गरिएको हो ।

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो ।

कदमको पूरा रुप मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स हो । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको उक्त सञ्जालमा हाल ३० भन्दा वढी संघसंस्था आवद्ध छन् । एलाइन्सले मर्यादित महिनावारी सम्बन्धमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो ।

उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता तथा कदमको सद्भावना दुत समेत रहनुभएकी कालाकार सुनिता बिसीको साँगीतिक प्रस्तुति रहने संयोजक अनिता ज्ञवालीले जानकारी दिइन ।

कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौरमा हुने कदमको सचिवालय संस्था सुस्वाका राजु तिरुवाले जानकारी दिएका छन् । तिरुवाका अनुसार कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारा समेत तय गरेको छ ।

अभियानका सदस्य संस्था केडका कार्यक्रम संयोजक सुमेस भट्टराईका अनुसार मेलामा छाउपडीसम्बन्धी जानकारी दिन विभिन्न स्टलहरु हुन्छन् । उनले भने- ‘यस्तो मेलामा सहभागीले महिनावारी तथा स्वच्छता सम्बन्धी धेरै कुराको जानकारी पाउँछन् ।’

कदम अभियान अन्तर्गत सबै साझेदार संस्थाहरुको संयुक्त पहलमा उक्त मेलाको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ०५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क