१४ माघ २०८२, बुधबार | January 28, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए…