५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दोहोरो अङ्कले घट्यो नेप्से



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ, भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल २७ लाख ८८ हजार आठ सय १५ कित्ता शेयर रु ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ मा कारोबार भयो ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ५९ लाख ६९ हजार एक सय ८९, एनआइसी एशिया बैंक रु चार करोड ५७ लाख ५४ हजार सात सय चार, शिवम् सिमेन्ट रु तीन करोड ६० लाख ७१ हजार पाँच सय ९० र नबिल बैंक रु तीन करोड सात लाख ९० हजार आठ सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष तीन दशमलव ९३, मिथिला लघुवित्त तीन दशमलब ८६, बाराही हाइड्रोपावर तीन दशमलब ७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य तीन दशमलब शून्य पाँच प्रतिशतले बढेको छ ।

यस्तै, राष्ट्र उत्थान लघुवित्त छ दशमलव ३७, दोर्दीखोला जलविद्युत् पाँच दशमलव ९२, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ७०, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब २३ र कृषि विकास बैंकको शेयर मूल्य पाँच दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : ३१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं