बुटवल । बुटवल उपमहानगरपालिकाले इ-रिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो । आइतबार बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इ-रिक्सा र टेम्पोबाट लिइने करमा छुट…