काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उक्त 'उपलब्धि'मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् । खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रुपमा लिएको छ । शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा…