१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध मुख्यमन्त्री गिरी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने । पछिल्लो समय विदेशीने विद्यार्थीहरुको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरुले ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माण लगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र शिक्षालय प्रमुख बसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ४४ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार