७ माघ २०८२, बुधबार | January 22, 2026

सन्दीपले लिए स्कटल्याण्डविरुद्ध पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका सन्दीप लामिछानेले स्कटल्याण्डका काइल कोट्जरलाई एलबीडब्लू धरापमा पारे । ७.५ ओभरको स्थितिमा कोट्जर २२ रन बनाएर आउट भए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।