७ माघ २०८२, बुधबार | January 21, 2026

कैदीबन्दी बाहिर जिल्लामा, बहस मुगु अदालतमा

सुर्खेत । तोकिएको समय कारागार निर्माण नहुँदा मुगुका कैदीबन्दीहरु बाहिर जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको छ । गमगढीस्थित थापालचौरमा निर्माणाधीन कारागार भवन ९ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझैँ निर्माण हुन सकेको छैन । २०७१ मा ३ करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ ।…