६ भदौ २०८३, शनिबार | August 22, 2026

रुख काट्न अनुमति नदिँदा सडक अधुरै



लेटाङ । पथरी-जाँते-ज्यामिरे सडकमा पर्ने जङ्गल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ । विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो ।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रु ५४ करोड ४८ लाखको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो । विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ । पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ ।

सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए । समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन् । जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो । सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दूरीको सडक पनि यही नै हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक