काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गरेको छ । महासंघलले आज विज्ञप्ति जारी गर्दै महासंघले शान्तिपूर्ण र सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न सकिने अवस्था तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। विज्ञप्तिमा तोडफोड, आगजनी र अन्य हिंसात्मक गतिविधिबाट व्यक्तिगत तथा व्यवसायिक सम्पत्तिमा क्षति पुगेकोप्रति खेद व्यक्त…