२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार एउटा मात्र खेल हुने छ । दिउँसो ३:३० बजे सुरु हुने खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स भिड्दै छन ।

पाँच खेल सकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोरेको काठमाडौं तेस्रो खेलमा विराटनगर किंग्ससँग पनि ५ विकेटले पराजित भयो ।

तर, चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै पुनः लय समातेको काठमाडौंले पाँचौं खेलमा चितवन वारीअर्सलाई ५३ रनले पराजित गर्दै आजको खेलका लागि उच्च मनोबल बनाएको छ ।

त्यस्तै, चार खेल खेलेर दुई अंकमात्र जोडेको कर्णाली याक्स तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको उत्कृष्ट जित निकालेको थियो ।

तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको कर्णाली चौथो खेलमा विराटनगरसँग ३ विकेटले हार्दा प्लेअफ यात्रामा दबाब बढेको छ । कर्णालीलाई प्रतियोगितामा टिक्न अब बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगर ८ अंकका साथ दोस्रो स्थानमा छ । पाँच खेल खेलेको काठमाडौं ६ अंकसहित तेस्रो स्थानमा छ ।

चितवन र लुम्बिनी दुवैका ४-४ अंक रहे पनि रनरेटका आधारमा चितवन चौथो र लुम्बिनी पाँचौँ स्थानमा छन् । कर्णाली र पोखराका २-२ अंक छन् भने जनकपुर बोल्ट्स ० अंकसहित तालिकाको पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो र राति गरी भइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ०१ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी