५ माघ २०८२, सोमबार | January 19, 2026

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो । विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ…