सिन्धुली । कमलामाई नगरपालिका-९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका-९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो ।…