३१ भदौ २०८३, बुधबार | September 16, 2026

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ले चालीस वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधिप्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन आह्वान गरेको…