११ भदौ २०८३, बिहिबार | August 27, 2026

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब नदिएको सरकारको प्रस्टोक्ति

काठमाडौं । नेपाल सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब नदिएको जनाएको छ । पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएसँगै उक्त विषयलाई खण्डन गर्दै सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले सरकारले दबाब नदिएको बताएकी हुन् । मंगलबारको…