काठमाडौं । स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा देशभरका क्याम्पसहरुमा पार्टी निकट विद्यार्थी संगठनहरुले मिश्रित परिणाम प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियूले बराबर ३७ स्थान प्राप्त गरेका छन् भने कांग्रेस निकट नेबिसंघले १९ वटा क्याम्पसमा स्ववियु निर्वाचन जितेका छन् । त्यसैगरि नेकपा एकीकृत समाजवादी…