लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ । दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्याइएको गाउँपालिको जनाएको छ । गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्याइएको हो…