काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो । मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ…