चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तीन नम्बर पुलबाट बा १३ च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०-६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।…