काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरी अन्तर्गत जनपद प्रहरीका १३ प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षकमा बढुवाको सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाको सिफारिस गरिएको…