७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृह जिल्लामा कमजोर बन्दै गृहमन्त्री खाँण, भाइको निर्देशनमा कार्यकर्ताको नाकको डाँडी भाँचियो



बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आन्तरिक संगठनमा आफ्नै जिल्ला रूपन्देहीमा भारी पर्न गएको छ ।

आफ्नै गृह जिल्लामा आफ्नै स्वकिय सचिव जिताउन नसकेका खाँणले आफ्नो पक्षमा जित्ने अवस्था नदेखिएपछि कार्यकर्ता उतारेर आक्रमणमै उत्रिएको खाण इतर समुहले आरोप समेत लगाएका छन् ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत रूपन्देहीमा आइरहेको निर्वाचन परिणामलाई हेर्दा खाँण आफ्नै जिल्लामा कमजोर देखिने निश्चित जस्तै भएको छ ।

प्राप्त भइरहेको परिणाममा रुपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा क्षेत्रबाट खाँण समुहलाई पाराजित गर्दै पौडेल पक्षको प्यानल विजयी भएको छ । सोही प्रदेशको २ ‘क’ बाट लुम्बिनी प्रदेश प्रतिनिधिको रूपमा उम्मेदवार बनेका खाणका स्वकीय सचिव विजेश न्यौपाने समेत पराजित भएका छन् । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेत समावेश गरेर बनाइएको प्रदेशमा खाँण समूहको प्यानल नै पराजित भएको छ ।

सोही निर्वाचन क्षेत्रबाट देउवाका विशेष सम्बन्ध रहेको भनिएका लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका छन् ।

उक्त क्षेत्रबाट खाँण समूहले माधवलाल देवकोटाको नेतृत्वमा प्यानल चुनावी मैदानमा उतारेको थियो । रूपन्देहीको क्षेत्र नम्बर २ ‘ख’ मा पनि खाण समूहका उम्मेदवारहरुलाई पराजित गर्दै पौडेल समूहले सफलता प्राप्त गरेका छन् ।

उक्त क्षेत्रबाट पौडेल समूहका परशुराम ढकाल नेतृत्वको प्यानल निर्वाचित भएको छ । बुटवल उपमहानगरमा पकड रहेको भनिएका रामेश्वर श्रेष्ठ ढकालसँग पराजित भएका छन् ।

शुक्रबार सम्म सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा तीन वटा क्षेत्रमा मात्र खाँण निकटको प्यानल विजयी भएको छ ।

खाण समूहबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट नवीनराज आचार्यको समूह र ‘ख’ बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ । रुपन्देहीको ३ ‘ख’ बाट पनि खाण समूहका घनश्याम चालिसे नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

सोही निर्वाचन क्षेत्र ३ ‘क’ मा भने मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ । उता ता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ र ख मा महामन्त्री शशाँक कोइराला समूहको प्यानल नै विजयी बनेका छन् । सो क्षेत्रको ४ ‘क’ मा शिवकुमार यादव र ४ ‘ख’ मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।

यता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा ‘क’ र ‘ख’ दुबै निर्वाचन क्षेत्रमा देउवा पक्षकै भनिएका भरतकुमार शाह पक्षका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो समय भरत शाह देउवा छाडेर विमलेन्दै निधि निकट गएको अनुमान गरिएको छ । खाणको विपक्षमा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा शाहको उपस्थितीले उनले खाणलाई नसघाउने पक्का पक्की देखिएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ‘ख’ बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई